• शनिबार, भाद्र २७ २०८३

गोरखामा राष्ट्रिय परिचयपत्रको काम अब वडाबाटै हुने


मंगलबार, साउन १० २०७९
1.5K
Shares

This image has an empty alt attribute; its file name is Bajaj-ad.gif

गोरखा । गोरखामा राष्ट्रिय परिचय पत्रको काम वडा तहबाटै हुने भएको छ।

This image has an empty alt attribute; its file name is shrestha-glass-house-2.gif

यसअघि जिल्ला प्रशासनमा हुँदै आएको परिचयपत्र विवरण संकलनको काम अब वडा तहबाटै गर्न लागिएको हो। विभागको आयोजनामा सोमबार जिल्ला प्रशासन कार्यालयमा अभियान सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत भएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले पालिकाको प्रत्येक वडामा परिचयपत्रको लागि विवरण दर्ता अभियान सञ्चालन गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले छिट्टै राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता अभियान सञ्चालन गर्ने बताए ।

सम्भवतः यो हप्ताभित्रै अभियान सुरु गर्ने प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । सबै पालिकाको वडा–वडामा स्टेशन राखेर विवरण दर्ताको काम हुने उनले बताए । एउटा वडामा दुई वटा स्टेशन राखिने र एउटा वडाको काम दश दिनमा सक्ने लक्ष्य लिएको उनले बताए । उनका अनुसार एक पटकमा दुई पालिकामा अभियान सञ्चालन हुनेछ ।

अभियानका लागि आवश्यक कम्प्यूटर अपरेटर विभागले पठाउने छ भने रुजुका लागी सम्बन्धित वडाको सचिव खटिने छन् । विवरण दर्ताका लागि आवश्यक जनशक्ति सम्बन्धित स्थानीय तहले गर्नेछन् ।

पालिकामा सञ्चालन हुने अभियानमा विवरण दर्ता मात्र हुने र ती विवरण यहाँ ल्याएर परिचयपत्र नम्बर यही प्रशासन कार्यालयमा जेनेरेट गर्ने उनले जानकारी दिए ।

तत्काल परिचयपत्र आवश्यक पर्नेहरुले भने प्रशासन कार्यालयमा आएर बनाउन सक्ने उनले जानकारी दिए । कार्यक्रममा प्रत्येक स्थानीय तहका प्रमुख एवं उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, राजनीतिक दलका प्रतिनिधि सहभागी थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार