• शनिबार, भाद्र २७ २०८३

जगदीश समालको ‘सर सर माया’मा नाजिर र रुविना (भिडिओ)


सोमबार, साउन ९ २०७९
825
Shares

जगदीश समालको स्वरमा ‘सर सर माया’ बोलको म्युजिक भिडिओ सार्वजनिक भएको छ। भिडिओमा अभिनेता नाजिर हुसेन र अभिनेत्री रुविना थापालाई देख्न सकिन्छ। 

डिपी खनालको शब्द रहेको गीतमा शंकर थापा ‘स्माइल’को संगीत रहेको छ भने उदयराज पौडेलको संगीत संयोजन रहेको छ।

अर्जुन तिवारीको टिमले छायांकन गरेको भिडिओलाई सुप्रीम पराजुलीले सम्पादन गरेका छन्। 

राजिव समरले कोरियोग्राफी गरेको म्युजिक भिडिओलाई सान थापाले निर्देशन गरेका हुन्। यस म्युजिक भिडियोलाई गायक समालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। 

गीत सार्वजनिक गरेसँगै दर्शकले सकारात्मक प्रतिक्रिया दिइरहेको गायक समालको भनाइ छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार