• मंगलबार, साउन १२ २०८३

बढेको बढ्यै कोरोना संक्रमण, थपिए ५६८ नयाँ संक्रमित


सोमबार, साउन ९ २०७९
700
Shares

पछिल्लो २४ घण्टामा देशभर ५६८ जना कोभिड १९ संक्रमित थपिएका छन् । चार हजार ८०७ वटा नमुना परीक्षण गर्दा ५६८ जनामा संक्रमण पुष्टि भएको हो ।

आज संक्रमणका कारण एकजनाको मृत्यु भएको छ । योसँगै संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५७ पुगेको छ ।

त्यस्तै आज ९५ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या तीन हजार ५३४ पुगेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार