• शनिबार, भाद्र २७ २०८३

गोरखामा भीमसेन थापाको २४७ औँ जन्मजयन्ती मनाइयो


सोमबार, साउन ९ २०७९
785
Shares

This image has an empty alt attribute; its file name is shrestha-glass-house-2.gif

गोरखा । नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाको २४७ औ जन्मजयन्ती गोरखामा बिविध कार्यक्रम गरी मनाइएको छ ।

This image has an empty alt attribute; its file name is Bajaj-ad.gif

राष्ट्रिय विभूति भीमसेन थापा प्रतिष्ठानको आयोजनामा सोमवार भीमसेन पार्कमा कार्यक्रम भएको हो । गोरखा नगरपालिका-४ का अध्यक्ष लाल प्रसाद भट्टराईको अध्यक्षता तथा गण्डकी प्रदेश सांसद लेख बहादुर थापाको प्रमुख अतिथ्यतामा उक्त कार्यक्रम भएको थियो ।

गोरखा नगरपालिका ४ पिपलथोकस्थित भीमसेन स्मृति उद्यानमा निर्मित पूर्ण कदको शालिकमा माल्यार्पण गरी भीमसेन जयन्ती समारोह मनाइएको हो । कार्यक्रममा सहभागीहरुले थापाको योगदानको बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख मोहन बहादुर थापा, गोरखा नगरपालिका मेयर कृष्ण राना, यदु अधिकारी, आयोजक समितिका अध्यक्ष अर्जुन प्रताप राणा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा जिसस उपप्रमुख लिला परियार, जनप्रतिनिधी, राजनितिक दलका प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार