• शनिबार, भाद्र २७ २०८३

सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?


सोमबार, साउन ९ २०७९
780
Shares

सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा एक सय रुपैयाँ घटेको हो। आइतबार छापावाल सुन प्रतितोला ९४ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य भने स्थिर छ। आज चाँदी प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय २६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार