qarentine Gorkha
गोरखा । गोरखाका ११ स्थानीय तहमा ३६ वटा मास क्वारेनटाइन स्थल निर्माण गरिएको छ ।
२ नागरपालिका सहित ९ गाउँपालिका गरी ११ पालिकाका बिभिन्न स्थानमा ३६ वटा मास क्वारेनटाइन स्थल निर्माण गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाबाट प्राप्त तथ्यांकमा उललेख छ ।
त्यस्तै ३६ स्थानमा गरी २ सय ८६ बेड तयारी अवस्थामा राखिएको बताइएको छ । कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै २ सय ८६ बेड तयारीमा राखिएको हो ।
स्थानीय तहले बिभिन्न सामुदायिक तथा नीजि विद्यालय, सामुदायिक भवन लगायतलाई प्रयोग गर्दै क्वारेनटाइन स्थल निर्माण गरेका हुन् ।
जसमा गोरखा नगरपालिकामा १ क्वारेनटाइन स्थलमा ५१ वेड, पालुङटारमा १ स्थलबाट १८ वटा बेड, गण्डकी गाउँपालिकाले ८ वटामा ५८ वेड, आरुघाटमा १ स्थलबाट १० वेड स्थापना गरिएको छ ।
त्यस्तै धार्चेमा ३ स्थलमा गरी १३ वेड, शहिद लखनमा ४ स्थलमा २९ बेड, भीमसेन थापा गाउँपालिकामा २ स्थल गरी १० वेड निर्माण गरिएको प्रशासनको तथ्यांकमा उल्लेख छ ।
यसैगरी बारपाक सुलिकोटमा ७ स्थानमा गरी ५१ बेड, चुमनुब्री गाउँपालिकामा ७ स्थानबाट १४ बेड, अजिरकोटमा १ स्थानबाट २२ र सिरानचोक गाउँपालिकामा १ क्वारेटाइन स्थलमा १० वेड स्थापना गरिएको बताइएको छ ।
भिडियाेमा हेर्नुस क्वारेनटाइन स्थल । सिभिलखबर