• शनिबार, भाद्र २७ २०८३

पहिरोले घर पुरिँदा एकै घरका तीन जनाको मृत्यु, एक घाइते


सोमबार, साउन ९ २०७९
630
Shares

तुर्माखाँद गाउँपालिका २ भुलुकामा पहिरोले घर पुरिँदा अछाममा तीन जनाको मृत्यु भएको छ ।

अमर विष्टको घर पुरिँदा घरमै सुतिरहेका तीन जनाको मृत्यु भएको हो ।

अमरका भाइ वीरेन्द्र विष्ट ,छोरा संविधान विष्ट र बुहारी हरिकला विष्टको घटनास्थलमै मृत्यु भएको हो ।

नैना विष्ट गम्भीर घाइते भएको घटनास्थलमा रहेका स्थानीय निरक शाहीले जानकारी दिए । अहिले स्थानीय जनप्रतिनिधि, प्रहरीको सक्रियतामा उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ ।

– न्युज कारखाना

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार