• मंगलबार, साउन १२ २०८३

भारतमा सक्रिय संक्रमितको संख्या १.५२ लाख नाघ्यो


सोमबार, साउन ९ २०७९
870
Shares

भारतमा पछिल्लो २४ घण्टामा १४ हजार १ सय ३१ नयाँ संक्रमित थपिएका छन् भने १४ हजार ४ जना निकोसमेत भएका छन् ।

यतिबेला २७ संक्रमितको मृत्यु भएको छ । नयाँ संक्रमित थपिएसँगै कोरोनाका सक्रिय संक्रमितको संख्या बढेर १,५२,२०० पुगेको छ । यसअघि शनिबार भारतमा १९ हजार १ सय नयाँ संक्रमित भेटिएका थिए जबकी ३५ जनाको मृत्यु भएको थियो ।

तमिलनाडु, कर्नाटक, पश्चिम बंगाल, ओडिशामा पछिल्लो २४ घण्टामा नयाँ संक्रमित एक हजारभन्दा बढी दर्ता गरिएको छ । महाराष्ट्रमा पछिल्लो पाँच दिनदेखि लगातार २ हजारभन्दा बढी संक्रमित भेटिएका छन् ।

आइतबार महाराष्ट्रमा २०१५ नयाँ संक्रमित भेटिए जबकी ६ जनाको मृत्यु भएको छ । यस्तै, राजधानी दिल्लीमा लगातार तेस्रो दिन कोरोनाका ७ सयभन्दा बढी नयाँ संक्रमित भेटिए । पछिल्लो २४ घण्टामा दिल्लीमा कोरोनाका ७ सय २९ नयाँ संक्रमित भेटिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार