
गोरखा। पछिल्लो समयमा कोरोना संक्रमण दर बढेसँगै जिल्लाको सबै सरकारी कार्यालयमा प्रवेश गर्नेले अनिवार्य रुपमा मास्क लगाउनु पर्ने भएको छ ।

आईतबार जिल्ला प्रशासन कार्यालय गोरखामा बसेको कोभिड ब्यवस्थापन समितिको बैठकले जिल्लाको सबै सरकारी कार्यालयमा प्रवेश गर्नेले अनिवार्य मास्क लगाउनु पर्ने भएको हाे।
वैठकले गोष्ठी, सेमिनार, बैठक, विद्यालय, विश्व बिद्यालय, धार्मिक स्थल, भिडभाड हुने प्रकृतिका ब्यवसाय तथा मनोरञ्जन स्थलहरु र स्टेडियममा पनि अनिर्वाय मास्क प्रयोग गर्न सबैलाई आग्रह गरेको छ ।
आइतबार बसेको बैठकले सरकारी कार्यालय प्रवेश गर्दा मास्कको प्रयोगलाई अनिवार्य गर्ने र प्रत्येक कार्यालयको प्रवेश द्वारमा स्यानिटाइजको ब्यवस्था मिलाउने भन्ने निर्णय भएको समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले बताए ।
बैठकले सार्वजनिक यातायातमा मास्कको प्रयोगलाई अनिर्वाय गर्ने र स्यानिटाइजरको ब्यवस्था मिलाउनु पर्ने भनिएको आचार्यले बताए ।


