• शनिबार, भाद्र २७ २०८३

रानीको ‘खर्च माग्दिनँ’ तीज गीतमा बिना (भिडिओ)


आइतबार, साउन ८ २०७९
960
Shares

रानी शाक्यको स्वर रहेको ‘खर्च माग्दिनँ’ बोलको तीज गीत सार्वजनिक भएको छ। गीतको भिडिओमा बिना राउतले नृत्य प्रस्तुत गरेकी छन्। 

सुनिता बस्नेत थापाको शब्द रहेको गीतमा दीपक शर्माको संगीत छ। यो भिडिओलाई देवेन्द्र पाण्डेले निर्देशन तथा कोरियोग्राफी गरेका हुन्।

उत्सव दाहालले छायांकन गरेको म्युजिक भिडिओलाई विकास दाहालले सम्पादन गरेको छन्।

‘केही वर्ष अगाडिसम्म तीज गीतमा महिलाहरूले सासू, श्रीमान् र घरको कथा सुनाउँथे। तर, अहिले तीजको गीतमा महिलाहरूले भन्ने कथा फेरिएको छ। यो गीत पनि अन्य तीज गीतभन्दा फरक छ। अब हामीले तीज गीतमा महिलाको सफलताको कथा भन्नुपर्छ,’ गायिका शाक्यले भनिन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार