
अमेरिकी डलरको खरिदमूल्य १२७ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्री मूल्य १२८ रुपैयाँ ०८ पैसा छ ।
नेपाल राष्ट्र बैंकले आइतबारको विदेशी मुद्रा सार्वजनिक गरेकाे विनिमयदर अनुसार युरोपियन युरो एकको खरिदमा १२९ रुपैयाँ, ४२ पैसा, बिक्रीमा १३० रुपैयाँ ०३ पैसा तोकिएको छ ।


अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ १९ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९९ रुपैयाँ ०६ पैसा र बिक्रीमा ९९ रुपैयाँ ५३ पैसा, सिंगापुरे डलर एकको खरिदमा ९१ रुपैयाँ ६७ पैसा र बिक्रीमा ९२ रुपैइाँ १० पैसा तोकिएको छ ।
जापनिज येनको खरिदमा ९ रुपैयाँ २८ पैसा र बिक्रीमा ९ रुपैयाँ ३२ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९४ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३३ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३४ रुपैयाँ ०८ पैसा तोकिएको छ ।
कतारी रियला एकको खरिदमूल्य ३४ रुपैयाँ ८७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ०४ पैसा, युएई दिरहम एकको खरिदमूल्य ३४ रुपैयाँ ७१ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ८७ पैसा, मलेसियन एकको खरिददर २८ रुपैयाँ ६३ पैसा र बिक्रीदर २८ रुपैइाँ ७७ पैसा तोकिएको छ ।
साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९ रुपैयाँ ७६ पैसा रहेको छ भने कुवेती दिनार एकको खरिदमूल्य ४१४ रुपैयाँ ४२ पैसा र बिक्रीमूल्य ४१६ रुपैयाँ ३७ पैसा तोकिएको छ ।


