• शनिबार, भाद्र २७ २०८३

गोरखा अस्पताललाई हव अस्पतालका रुपमा विकास गर्न सम्झौता


शुक्रबार, साउन ६ २०७९
620
Shares

गोरखा। गोरखा अस्पताललाई हव अस्पतालका रुपममा विकास गर्न सम्झौता गरिएको छ ।

गोरखा अस्पताल व्यवस्थापन समिति र निक साइमन्स इन्टिच्यूट बीच शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

गोरखा अस्पताललाई निक साइमन्स इन्टिच्यूटको उपचारत्मक सेवा सहयोग कार्यक्रम अन्तरगत हव अस्पतालको रुपमा विकास गर्न सम्झौता पत्रमा हस्ताक्षर गरिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताए ।

संघिय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्य अनुरुप यो सम्झौता भएको उनले बताए । हव अस्पताल भन्नाले अस्पतालबाट प्रदान गरिने बहु विषेशज्ञ सेवाको सुनिश्चितता र निरन्तरता लाई जनाउने बिज्ञप्तिमा उल्लेख छ।

यस अन्तरगत अस्पतालको स्तर (सेकेण्डरी ए स्तरको अस्पताल) बाट प्रदान गरिनु पर्ने विषेशज्ञ लगायत अन्य जनशक्ति, उपकरण तालिम र कर्मचारी आवासको व्यवस्थापन पर्ने बिज्ञप्तिमा उल्लेख छ।

‘हव अस्पताल बनाउनुको उद्धेश्य सेकेण्डरी ए स्तरको गोरखा अस्पतालबाट प्रदान हुनुपर्ने सम्पुर्ण सेवाको निरन्तरता र गुणस्तरीय सेवा प्रवाह गर्नु हाे ।’ उनले भने, ‘ उनका अनुसार यो कार्यक्रम सम्झौता भए अनुसार यहि श्रावण देखि कार्यान्वयन हुनेछ ।’

‘यसको समयावधि ५ बर्ष सम्म रहेको बताउदै २०८३ आषाढ मसान्त कार्यक्रम संचालन हुनेछ ।’

यस्तै, गोरखा अस्पताल भुकम्पपश्चात पुननिर्मित सुविधा सम्पन्न भवनबाट सेवा सञ्चालन पश्चात एकपछि अर्को सेवा सञ्चालनमा ल्याउने क्रममा हाल ठुला अप्रेशन, प्रयोगशालामा कल्चर, सेवा संञ्चालनमा आएको सूचना अधिकारी ढकालले बताए । यसैगरी निकट भविष्यमा नै थाइराइट हर्मोन जाचं सेवा, डायलाइसिस, एचडियु, आइ. सि. यु लगायतका सेवा सञ्चालन अन्तिम तयारीमा रहेको अस्पताले जनाएको छ ।

अस्पतालले जारी गरेको विज्ञप्तीः

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार