• शनिबार, भाद्र २७ २०८३

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


शुक्रबार, साउन ६ २०७९
1.3K
Shares

शुक्रबार सुन-चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, चाँदी प्रतितोला ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। 

महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला ९३ हजार रुपैयाँ र चाँदी प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भएको थियो। यसर्थ, बिहीबारको तुलनामा आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेको हो। 

साताको पहिलो दिनको तुलनामा पनि आज सुन-चाँदीको मूल्य बढेको हो। आइतबार सुन प्रतितोला ९३ हजार छ सय रुपैयाँ र चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भएको थियो। 

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय १५ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार