• सोमबार, भाद्र १ २०८३

कोरोना संक्रमण बढेसँगै सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको अनुरोध (सूचनासहित)


शुक्रबार, साउन ६ २०७९
675
Shares

केही समय सुस्ताएको कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ। त्यसैले सावधानी अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ। 

मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले सूचना जारी गरी भीडभाड हुने स्थानमा जाँदा अनिवार्य मास्क लगाउन नागरिकलाई आग्रह गरेका हुन्।  भीडभाड हुने, विमानस्थल, हवाई यात्रा, सार्वजनिक यातायातजस्ता स्थानमा मास्क अनिवार्य प्रयोग गर्न सुझाव दिइएको छ। 

यस्तै स्वास्थ्य मन्त्रालयले कोरोनाविरुद्ध खोप नलगाएका नागरिकलाई लगाउन अनुरोध गरेको छ। कसैलाई कोरोना लागे अस्पताल गई उपचार गराउन पनि मन्त्रालयले आग्रह गरेको छ।

देशभर बिहीबार चार सय ३५ जनामा कोरोना पुष्टि भएको छ। तीन हजार ५६९ जनाको नमुना परीक्षण गर्दा ३५ जनामा कोरोना देखिएको हो। 
मन्त्रालयकिा अनुसार अहिले देशभर सक्रिय संक्रमितको संख्या दुई हजार ५३७ छ। 

स्वास्थ्य मन्त्रालयको सूचना

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार