
शिक्षक सेवा आयोगले माध्यामिक तहको अध्यापन अनुमति पत्र (टिचिङ लाइसेन्स)को नतिजा सार्वजनिक गरेको छ। आयोगले प्रदेशस्तरको नतिजा सार्वजनिक गरेको हो।
देशभरबाट २३ हजार ७२ जना पास भएको आयोगले जनाएको छ।
आयोगको अनुसार ४३९ परीक्षार्थीले सेट अथवा की लेख्न नजानेकाले परीक्षा रद्द गरिएको छ।
अध्यापन अनुमति पत्र परीक्षामा समावेश भएको जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइबाट वितरण हुने आयोगले जनाएको छ।
त्यसका लागि आयोगले केही दिनमा सूचना जारी गर्ने जनाएको छ।
आयोगले असार १८ गते देशभरबाट माध्यमिक तह शिक्षण अध्यापन अनुमति पत्रको परीक्षा लिएको थियो।


