• मंगलबार, साउन १२ २०८३

पर्वतमा दुई जनामा डेङगु सङ्क्रमण


शुक्रबार, साउन ६ २०७९
810
Shares

पर्वत । पर्वतमा दुई जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ।

बुधबार उपचारका लागि जिल्ला अस्पताल आएका दुई जनामा डेङ्गुको सङ्क्रमण रहेको पुष्टि भएको हो।

उनीहरू दुवै जना कुश्मा नगरपालिकाका बिरामी रहेको अस्पतालले जनाएको छ।

घरमा बसिरहेको अवस्थामा लगातार ५÷७ दिनसम्म ज्वरो आएपछि उपचारका लागि आएका उनीहरूमा सङ्क्रमणको शंकामा प्रयोगशालामा गरिएको परीक्षणबाट डेङ्गु रहेको पुष्टि भएको हो।

दुवै जनाको उपचार भइरहेको जनाइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार