• सोमबार, भाद्र १ २०८३

देशभर थपिए ४३५ कोरोना संक्रमित


बिहिबार, साउन ५ २०७९
640
Shares

पछिल्लो २४ घन्टामा देशभर थप ४३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ४३५ जनामा संक्रमण पुष्टि भएको हो।

तीन हजार ५६९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। 

एक हजार ६६७ जनाको पिसिआर र एक हजार ९०२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर दुई हजार ५३७ जना सक्रिय संक्रमित छन्।

५६ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेकफ संख्या शून्य छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार