• शनिबार, भाद्र २७ २०८३

भिमसेन थापा गाउँपालिकाले वडा-वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने


बिहिबार, साउन ५ २०७९
780
Shares

गाेरखा । गोरखाको भिमसेन थापा गाँउपालिकाद्धारा पालिका भित्रका सबै वडामा पुगेर बैकिङ प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ ।

बैंकिङ प्रणालीमार्फत वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्तालाई लाभग्राहीको थप सहजताका लागि गाउँपालिकाको समन्वयमा बैंकका कर्मचारीलाई वडामै पुर्‍याएर वितरण गर्ने प्रबन्ध मिलाइएको गाउँपालिका अध्यक्ष लोक प्रसाद बञ्जाराले जानकारी दिए ।

गाँउपालिकाले पालिकामा रहेको मेगा बैंकमार्फत वितरण हुने सामाजिक सुरक्षा भत्ता वडामै पुगेर वितरण गर्ने प्रबन्ध मिलाएको हो। भिमसेन थापा गाँउपालिकाले बैकिङ प्रणाली मार्फत नै सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ ।

भिमसेन थापामा कार्यतालिका नै बनाएर यही साउन १० गतेबाट प्रत्यक वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिने गाउँपालिका अध्यक्ष बञ्जाराले बताए ।

कार्यतालिका अनुसार १० गते वडा नं. १ मा वडा कार्यालयबाट, ११ गते वडा नं. २ मा वडा कार्यालयबाट, १२ गते वडा नं. ३ मा वडा कार्यालयबाट, १५ गते वडा नंं‍ ५ मा वडा कार्यालयबाट, १६ गते वडा नं. ७ मा वडा कार्यालयबाट र १७ गते वडा नं. ८ मा वडा कार्यालयबाट लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारी गरिएको छ ।

ज्येष्ठ नागरिक, दलित, अशक्त, असहाय, एकल महिलालगायतका लाभग्राहीलाई बैंकमा आएर भत्ता लिन असहज भएकाले उनीहरूको सम्मान र सहजताका लागि हरेक वडामै पुगेर भत्ता वितरण गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष बञ्जाराले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार