• शनिबार, भाद्र २७ २०८३

यस्तो छ विजय देवरकोन्डाको बलिउड डेब्यू फिल्म ‘लाइगर’को ट्रेलर (भिडिओ)


बिहिबार, साउन ५ २०७९
905
Shares

दक्षिण भारतीय अभिनेता विजय देवरकोन्डाको बलिउड डेब्यू फिल्म ‘लाइगर’को ट्रेलर सार्वजनिक भएको छ।

बिहीबार सार्वजनिक गरिएको ट्रेलरमा विजय बक्सरको भूमिकामा देखिएका छन्। ट्रेलरमा उनको एक्सन देख्न सकिन्छ।

जगन्नाथ पुरीले निर्देशन गरेको फिल्ममा विजयसँगै अनन्या पाण्डे, राम्या कृष्नन, रोनित रोय, विशु रेड्डी, अली, गेतुप श्रीनुलगायत कलाकारको अभिनय छ। साथै फिल्ममा विश्वविख्यात बक्सर  माइक टाइसनको पनि अभिनय रहेको छ। 

विष्णु शर्माले छायांकन गरेको फिल्मलाई जुनैद सिद्दिकीले सम्पादन गरेका छन्।

फिल्ममा करण जोहर, चर्ममे कौर, अपूर्भा मेहेता लगायतको लगानी रहेको छ। यो फिल्म हिन्दी, तेलुगू, तमिल, कन्नड र मलयालम भाषामा २५ अगस्टबाट रिलिज हुनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार