
नेपाल विद्यार्थी, संघ, अनेरास्ववियू क्रान्तिकारी, लगायतका विद्यार्थी संगठनहरुले आज पनि विरोध प्रदर्शन गर्दैछन्।
गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै उनीहरुले विरोध प्रदर्शन गर्न लागेका हुन्।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी राजनीतिक दलमा आवद्ध रहेको आरोप लगाउँदै उनीहरुले आज गभर्नर अधिकारीको कार्टुन प्रदर्शन गर्ने कार्यक्रम छ।


