
गोरखा। गोरखा कारागारका दुई कैदीबन्दीलाई मोतियाबिन्दुको समस्या देखिएको छ ।
बुधबार कारागारभित्र भएको आखा शिबिर परिक्षणमा दुई कैदीबन्दीलाई मोतियाबिन्दुको समस्या देखिएको लायन्स अस्पताल गोरखा कार्यालयका सचिव बालकृष्ण पोखरेलले बताए ।
लायन्स क्लव अफ गोरखा, लायन्स क्लव अफ गोरखाकालिका, लियो क्लव अफ गोरखा र जिल्ला प्रहरी कार्यालय गोरखाको आयोजना तथा गोरखा लायन्स आँखा सेवा केन्द्रको प्राविधिक सहयोगमा कारागारभित्र आँखा शिविर सम्पन्न गरिएको हो ।


शिविरमा ५२ जना पुरुष र १० जना महिला गरी ६२ जनाको आखा जाच गरिएको थियो । गोरखा कारागारमा बस्ने कैदीबन्दीहरुमा आखाको समस्या छ भन्ने जानाकारिआयपछि आखा जाच गराएको उनले बताए ।
लायन्स आँखा अस्पतालले हरेक महिनाको १९ गते नियमित रुपमा आखा अप्रेशन गदै आएको उनले बताए ।
उक्त शिविरमा लायन्स क्लव अफ गोरखाका अध्यक्ष लक्ष्मणबाबु आचार्य, लायन्स क्लब अफ गोरखा कालिकाका अध्यक्ष कल्पना श्रेष्ठ, लियो क्लव अफ गोरखाका अध्यक्ष बालकृष्ण परियार, गोरखा कारागारका प्रमुख गणेशप्रसाद भट्टराई लगायतले मन्तव्य राखेका थिए ।
क्लवले यसअघि कारागारमा पानी छान्ने मेसिन वितरण गरिएको थियो । सो अवसरमा उनीहरुको आँखा चेक गरिदिन अनुरोध गरेपछि बुधबार निशुल्क आँखा शिविर संचालन गरिएको गोरखा आँखा अस्पतालले जनाएको छ ।


