• शनिबार, भाद्र २७ २०८३

गोरखामा घाँस काटेर फर्किने क्रममा लडेर एक पुरुषको मृत्यु


बिहिबार, साउन ५ २०७९
1.2K
Shares

गाेरखा । भीमसेनथापा गाउँपालिका ३ टारीफाँटमा घाँस काटेर फर्किने क्रममा लडेर एक जना पुरुषको ज्यान गएको छ । मृत्यु हुनेमा ५० वर्षीय दयाराम लामिछाने रहेको प्रहरीले जनाएको छ ।

बुधबार दिउसो घर नजिकैको टारीफाँट सामुदायिक वनमा घाँस काटी फर्कने क्रममा एक्कासी चिप्लिएर २० मिटर तल पुगेका उनको उपचारको क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए ।

लडेर घाइते भएका उनलाई आफन्तहरुले थप उपचारकका लागि आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्र आरुघाट लगेका थिए ।

ईलाका प्रहरी कार्यालय आरुघाट खटिई गएको टोलीले मुचुल्का लगाययतका प्रारम्भिक अनुसन्धान सम्पन्न गरी मृतककाके लाश पोष्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको  जिल्ला प्रहरी कार्यालय गाेरखाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार