
काठमाडौं । गीतकार ईट्टाघरेको शब्दमा रहेको ‘दुधको साक्षी बिरालो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
यस गीतमा गायक बिकु क्षेत्री र गायिका मेलिना राईले सुमधुर स्वर सुन्न सकिन्छ। दिपक शर्माले संगीतवद्द गरेको यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा सरोज अधिकारी र आश्मा बिश्वकर्माको बिचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ।
रोशन बिकले कोरियोग्राफी गरेको यस भिडियोलाई नवराज उप्रेतीले छायाँकन गरेका हुन्। भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन्। गीतकार ईट्टाघरेको निर्देशनमा भिडियो तयार पारिएको हो।
भिडियो युनिकर्न मोशन पिक्चर्स नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो। यसअघि गायक क्षेत्रीको स्वरमा रहेको ‘जाऊ हिँड’ , ‘दिल खोलेर भनन’ लगायत भिडियोहरु सार्वजनिक भैसकेका छन्। भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।