• शनिबार, भाद्र २७ २०८३

मिस्टर एण्ड मिस थारु-२०२२ को आवेदन खुला, १० सहरमा अडिसन हुने


बुधबार, साउन ४ २०७९
1.3K
Shares

This image has an empty alt attribute; its file name is Namaste-Mobile.gif

चौथो संस्करणको मिस्टर एण्ड मिस थारु-२०२२ को आवेदन खुला गरिएको छ ।

प्रतियोगितामा सहभागी हुने चाहने युवायुवतीले रजिस्ट्रेसन डट जहइन्टरटेनमेन्ट डटकम वेबसाइटमा गएर आवेदन दिन सकिने आयोजक जह इन्टरटेनमेन्ट प्रालिले जनाएको छ ।

This image has an empty alt attribute; its file name is Bajaj-ad.gif

यस्तै खल्ती एपमार्फत पनि आवेदन दिन सकिने प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश चौधरीले जानकारी दिए । मिस्टर एण्ड मिस थारुको आवेदन खुल्ला गरिएसँगै अडिसनको मिति पनि तोकिएको छ । विगतजस्तै यसपटक पनि देशका मुख्य १० सहरमा अडिसन हुँदैछ ।

प्रतियोगिताको पहिलो अडिसन साउन २१ गते सुनसरीको झुम्का, वीरगञ्ज, भरतपुर र नेपालगञ्जमा हुनेछ भने दोस्रो अडिसन साउन २४ गते विराटनगर, सिरहाको लहान र कैलालीको टिकापुरमा हुनेछ । तेस्रो तथा अन्तिम अडिसन साउन २८ गते काठमाडौं, दाङ र बुटवलमा हुने इभेन्ट निर्देशक जयस चौधरीले बताए ।

अडिसनबाट छनोट भएका प्रतियोगीलाई अभिमुखीकरणमा सहभागी गराइनेछ । त्यसपछि ग्रान्ड फिनाले गर्ने आयोजकको तयारी छ । यसपटकको ग्रान्ड फिनाले काठमाडौं उपत्यकाबाहिर गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता सन् २०१७ देखि सुरु भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार