• शनिबार, भाद्र २७ २०८३

गण्डकी प्रदेशको ७४ प्रतिशत बजेट खर्च

बुधबार, साउन ४ २०७९
855
Shares

गण्डकी प्रदेशले कुल बजेटको ७४ प्रतिशत खर्च गरेको छ। आव २०७८/७९ मा प्रदेशको कुल बजेट मध्य ७३.५१ प्रतिशतमात्र खर्च भएको प्रदेश अर्थ मन्त्रालयले जनाएको छ ।

प्रदेश लेखा नियन्त्रण कार्यालय गण्डकीले निकालेको तथ्यांक अनुसार ३० अर्ब ५ करोड ६७ लाख रुपैयाँ विनियोजन गरिएकोमा यो आर्थिक वर्षमा २२ अर्ब ९ करोड ४३ लाख ९५ हजार रुपैयाँमात्र खर्च भएको छ । जुन कुल बजेटको ७३.५१ प्रतिशत वा झण्डै तीन चौथाई हो ।

प्रदेशका केही संरचना स्थापना नभएको सँगै भएका कार्यालयहरुमा दरबन्दी अनुसार कर्मचारीहरु पूर्ति नभएकाले चालु खर्च कम भएको प्रदेश लेखा नियन्त्रण कार्यालय, पोखराका लेखा अधिकृत लक्ष्मीकान्त शर्मा पौडेलले जानकारी दिए ।

खर्च भएको बजेट प्रदेश सभा, १२ मन्त्रालय, मुख्य न्यायाधिवक्ताको कार्यालय, प्रदेश नीति तथा योजना आयोग, लोकसेवा आयोग लगायत प्रदेश सरकार मातहतका जिल्लामा रहेका कार्यालयको रहेको पौडेलले बताए ।

सरकारको विकास गर्ने सोच र इच्छा नभएकाले बजेट खर्च कम भएको पूर्वमन्त्री रामशरण बस्नेतको भनाइ छ । चालुतर्फ ७ अर्ब ६३ करोड १३ लाख १ हजार र पुँजीगततर्फ १४ अर्ब ४६ करोड ३० लाख ९४ हजार रुपैयाँ मात्र खर्च भएको छ ।

जुन चालु र पुँजीगततर्फ छुट्याएको कुल बजेटको क्रमशः ५८ दशमलव ३३ र ८६ दशमलव ४३ प्रतिशत हुन जान्छ । वित्तीय व्यवस्थातर्फ भने बजेट खर्च शून्य छ । २४ करोड रुपैयाँ छुट्याइएको वित्तीय व्यवस्थातर्फ बजेट खर्च हुन सकेन । अहिलेको गण्डकी प्रदेश सरकारको विकास गर्ने सोच र इच्छा नभएकाले बजेट खर्च कम भएको प्रदेश सांसद रामशरण बस्नेतले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार