• शनिबार, भाद्र २७ २०८३

कति पुग्यो डलर र दिनारको भाउ? यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर


बुधबार, साउन ४ २०७९
645
Shares

नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर सार्वजनिक गरेको छ।

बुधबार अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ ६१ पैसा र बिक्रीदर १२८ रुपैयाँ २१ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा भने १३० रुपैयाँ ८६ पैसा र बिक्रीमा १३१ रुपैयाँ ४७ पैसा पाइन्छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ०१ पैसा र बिक्रीमा ८८ रुपैयाँ ४२ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ ५३ पैसा र बिक्रीमा ९९ रुपैयाँ पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ८८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ०४ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३४ रुपैयाँ १४ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ ७४ पैसा र बिक्रीमा ३४ रुपैयाँ ९१ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रुपैयाँ ६८ पैसा र बिक्रीमा २८ रुपैयाँ ८१ पैसा पाइन्छ।

बुधबार कुवेती दिनार एकको खरिदमा ४१४ रुपैयाँ ९८ पैसा र बिक्रीमा ४१६ रुपैयाँ ९३ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३३८ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३४० रुपैयाँ ११ पैसा तोकिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार