• शनिबार, साउन ९ २०८३

अमेरिकामा नेपालीकाे अवस्था : ५०० जनालाई कोरोना संक्रमण, १ को निधन


आइतबार, चैत्र २३ २०७६
1.1K
Shares

अमेरिकामा विभिन्न तरिकाले बसोबास गरिरहेका नेपाली मूलका अमेरिकी तथा नेपाली भाषी पनि कोरोना भाइरस (कोभिड-१९) को चपेटामा परेका छन्।

अहिलेसम्म नेपाली मूलका एक जनाको निधन भएको छ भने करिब ५०० कोरोना भाइरसबाट संक्रमित भएको जनाइएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष तथा चिकित्सक डा. केशव पौडेलका अनुसार अमेरिकामा करिब ५०० नेपाली कोरोना भाइरसको संक्रमणमा परेका छन्। तीमध्ये आधाभन्दा बढी अपस्ताल भर्ना नभई सेल्फ क्वारेन्टिनमा छन्। कोरोनाका कारण न्युयोर्क निवासी अनिल लिम्बूको गत साता निधन भएको हाे।

तर यसको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन। अमेरिकामा रहेका नेपाली कति संक्रमित भएका छन् भन्नेबारे आधिकारिक रूपमा बताउन कसैले सकेका छैनन्।

अमेरिकामा रहेको नेपाली दूतावासले नेपालीलाई कुनै समस्या परेको खण्डमा सम्पर्क गर्न भन्दै विभिन्न टेलिफोन नम्बर दिएको छ भने दूतावासको वेबसाइटमा एउटा फर्मसमेत राखिएको छ।

अमेरिकाका न्यूयोर्क, क्यालिफोर्निया, न्युजर्सी, पेन्सलभेनिया, टेक्सासलगायत स्थानमा नेपालीको बढी बसोबास छ। यसैगरी मेरिल्यान्ड, न्युह्याम्पसायर, कनेक्टिकट, भर्जिनिया, नर्थ क्यारोलिना, कोलोराडो वासिङ्टन इलोनोइजमा पनि नेपालीको बसोबास छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार