• शनिबार, भाद्र २७ २०८३

अत्यधिक गर्मीबाट पाँच सयभन्दा बढीको मृत्यु


बुधबार, साउन ४ २०७९
810
Shares

स्पेनमा केही दिनदेखि प्रचण्ड गर्मी भएको छ। तातो हावाबाट धेरैजनाको ज्यान गइरहेको  स्वास्थ्य मन्त्रालयले  जानकारी दिएको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारसम्ममा तातो हावाबाट ज्यान जाने  संख्या ५१० पुगेको छ।

देशका विभिन्न भागको तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको छ भने गर्मीका कारण मानिसहरुको ज्यान जाने क्रम पनि रोकिएको छैन।

जुलाई १० देखि गर्मी सुरु भएको हो। गर्मीका कारण यहाँको जनजीवन निकै कष्टकर बनेको छ।स्वास्थ्य मन्त्रालयले तातो हावा सुरु भएको हप्ता जुलाई १० देखि १६ तारिखसम्ममा १५० जनाको ज्यान गएको बताएको छ।

त्यसयता पनि तातो हावाको असरले ज्यान जाने क्रम नरोकिएको भन्दै अधिकारीहरुले सोमबारसम्म ५१० जनाको मृत्यु भएको बताएका छन्। गर्मीका कारण ज्यान गुमाउने अधिकांशमा ज्येष्ठ नागरिक  छन्। उनीहरुमध्ये ३२१ जना ८५ वर्षभन्दा माथिका नागरिक हुन्। 

गर्मी अझै बढ्ने अनुमान गरिएको र त्यसबाट ज्यान जानेको संख्या थप बढ्न सक्ने भन्दै सतर्कता अपनाउन  स्वास्थ्य मन्त्रालयले सूचना जारी गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार