• शनिबार, भाद्र २७ २०८३

डुम्रे–बेँसीसहर सडक पुनः अवरुद्ध


बुधबार, साउन ४ २०७९
680
Shares

निरन्तर वर्षा हुँदा गए रातिदेखि बाढी–पहिरोले डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउरालीडाँडा पहिराले सडक अवरुद्ध भएको हो ।

रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने उक्त खण्डको रिठ्ठेबगरमा लेदोसहितको पहिराले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।

उनका अनुसार अवरुद्ध सडक मङ्गलबार बिहानदेखि सञ्चालनमा आएको थियो, तर वर्षा भइरहँदा गए रातिदेखि पुनः लेदो खसेर सडक अवरुद्ध भएको हो ।

आकस्मिक कामका लागि बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवनलगायत स्थानमा जान लागेका यात्रु सडक अवरुद्धका कारण मारमा परेका छन् । गए रातिदेखि हालसम्म पानी निरन्तर परिरहको छ । लेदोसमेत बगिरहेको छ ।

पानी परिरहेकाले सडक बनाउन कठिनाइ भइरहेको डुम्रे–बेँसीसहर–चामे योजना सडक कार्यालय लमजुङले जनाएको छ । यस सडकको दूरी ४२ किलोमिटर छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार