• मंगलबार, असोज १३ २०८३

कोरोनाले विश्वमा मृत्युकाे हुनेकाे संख्या ६५ हजार नजिक, संक्रमितकाे संख्या १२ लाखमाथि


आइतबार, चैत्र २३ २०७६
1K
Shares

कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वभर साढे ६४ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने यसबाट संक्रमितको संख्या १२ लाखभन्दा माथि पुगेकाे छ। 

विश्वभरको कोरोना तथ्यांक संकलन गर्ने वल्ड्रोमिटरकाे ताजा अपडेटअनुसार कोरोना संक्रमणका कारण अहिलेसम्म विश्वमा ६४ हजार ६७२ जनाको मत्यु भइसकेको छ भने यो भाइरसबाट १२ लाख ३७२ जना संक्रमित भइसकेका छन्। 

कोरोना संक्रमणका कारण विश्वमा सबैभन्दा बढी इटालीमा अहिलेसम्म १५ हजार ३ सय ६२ जनाको मृत्यु भइसकेको छ। दोस्रोमा स्पेनमा कोरानाले ११ हजार ९ सय ४७ जनाको ज्यान लिइसकेको वल्ड्रोमिटरकाे तथ्यांकमा उल्लेख छ।

स्पेनपछि कोरोना संक्रमणका कारण विश्वमा सबैभन्दा बढी अमेरिकामा मृत्यु भएको छ। अहिलेसम्म त्यहाँ ८ हजार ४ सय ४४ जनाको मृत्यु भइसकेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार