
गोरखा। उद्योग वाणिज्य संघ गोरखाद्वारा गोरखा दरबार परिसरमा वृक्षारोपण कार्य सम्पन्न गरेको छ ।

आइतवार गोरखा नगरपालिका वडा नं ५ स्थित गोरखा दरबार परिसर देखि ऐतिहासिक चार धारे सम्म वृक्षारोपण गरिएको हो ।
धुपी,कल्पी, बेलपत्र, म्याङ्गो स्टूेड लगायतका ५० बिरुवा रोपिएको सघंको अध्यक्ष कृष्णकुमार श्रेष्ठले बताए । संस्थाको नियमित कार्यक्रम अन्तरगत वृक्षरोपण गरिएको हो ।
गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरको प्रमुख आतिथ्यातमा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञाननाथ ढकाल, वडा नम्बर ५ का अध्यक्ष खिलबहादुर राना, नगरपालिकाका वातावरण अधिकृत धु्रब घिमिरे, गोरखा उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, संघका पूर्व अध्यक्ष जीवनज्योति श्रेष्ठ, अच्यूतलाल श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।


