
रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ नेपाल भुटान (रोट्रयाक्ट नेपाल) को पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । रुपन्देहीको तिलोत्तमामा आयोजित एक समारोहका बिच पदस्थापन कार्यक्रम सम्पन्न भएको हो ।
वर्ष २०२२-२३ का लागि डिष्ट्रिक्ट रोट्रयाक्ट रेप्रिजेन्टेटिभ (डिआरआर) मा बुटवलका लक्षमण खरेल चयन भएको छ । उनको नेतृत्वमा रहेको नयाँ समितिलाई एक कार्यक्रमका बिच रोटा वर्ष २०२१-०२२ का डिआरआर सुमित बज्राचार्यले पद हस्तान्तरण गरेका हुन् ।


रोटरी डिष्ट्रिक्ट ३२९२ नेपाल भुटान (रोटरी नेपाल) का डिष्ट्रिक्ट गभर्नर जितेन्द्र बहादुर राज भण्डारीले खरेललाई पद तथा गोपनियताको सपथ खुवाए । त्यस्तै पूर्व डिष्ट्रिक्ट गभर्नर सञ्जय गिरी, डिआरआर सुमित बर्जाचार्यले संयुक्त रुपमा कोलार लगाई र ग्याबल हस्तान्तरण गरे ।
पदभार ग्रहण गर्दै निर्वाचित खरेलले सबैको साथ र सहयोगबाट नै सफलता प्राप्त गर्न सकिने बताए । उहाँले यस वर्ष इन्स्पायर,इमपावर र ट्रान्सफर्म नारालाई वर्ष भरी नै मुख्य प्रथामिकतामा राखेर कार्यक्रम तथा प्रोजेक्टहरुलाई अघि बढाउने प्रतिबद्धता गरे ।
साथै नेपालमा रहेका सबै क्लवहरुलाई सोही अनुसार इन्स्पायर गर्दै सबैको सल्लाह सुझावबाट आफुले योजनाहरुलाई कार्यान्वयन गर्ने बताए । वर्ष २०२१-०२२ का डिष्ट्रिक्ट रोट्रयाक्ट रेप्रिजेन्टेटिभ सुमित बर्जाचार्यले एक वर्ष अवधीमा आफुले गरेका कार्यहरुको बारेमा जानकारी गराएका थिए ।


साथै उनले आफ्नो कार्याकालमा उत्कृष्ट काम गरेका क्लव एवम् रोट्रयाक्टरहरुलाई अवार्डसहित सम्मान समेत गरे । आफ्नो कार्यकाललाई सफल बनाउन सहयोग गर्नुहुने सम्पुर्ण रोटरी डिष्ट्रिक्ट पदाधिकारी, रोट्रयाक्ट डिष्ट्रिक्ट कमिटी र मुलकभर रहेका सम्पुर्ण क्लवका पदाधिकारी प्रति धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा वर्ष २०२२-०२३ मा आयोजना गरिने प्रेसिडेन्ट,सेक्रेटरी मिट(पिएसमिट), जीवित फाउण्डेसन संग नेशनवाइडसँग रक्तदान कार्यक्रमका लागि एमओयु साइनिङ्ग लगायत डिष्ट्रिक्ट कार्यक्रमबारे जानकारीसमेत गराइएको थियो ।
निर्वाचित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि रोटरी डिष्ट्रिक्ट ३२९२ नेपाल भुटान (रोटरी नेपाल) का डिष्ट्रिक्ट गभर्नर जितेन्द्र बहादुर राज भण्डारीले रोट्रयाक्टले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै युवावर्गले अझै नयाँ ढंगबाट काम गर्न आग्रह गरे ।

पदस्थापन कार्यक्रम डिआरआर लक्षमण खरेलकोे अध्यक्षता, डिष्ट्रिक्ट गभर्नर जितेन्द्र बहादुर राज भण्डारी, पूर्व डिष्ट्रिक्ट गभर्नर सञ्जय गिरी, निवर्तमान डिष्ट्रिक्ट गभर्नर सन्तोष रिजाल, डिष्ट्रिक्ट गभर्नर इलेक्ट राजेन्द्र प्रसाद ध्वजु, रोटरी फाउण्डेशन चेयर राजेन्द्र लम्साल, सेरिक एमडिआइओ प्रेसिडेन्ट रोट्रयाक्टर कौशल शाहुले विशिष्ठ आतिथ्यता तथा डिष्ट्रिक्ट सेके्रटरी अमित गिरी, पूर्व डिआरआर सुशिल कुमार कार्की, रोटरी क्लव अफ बुटवलका संस्थापक अध्यक्ष एजाज आलम लगायतको आतिथ्यतामा सम्पन्न भएको हो ।

तिलोत्तमास्थित बिगचेयर रिर्सार्टमा भएको कार्यक्रममा साँस्कृतिक कार्यक्रमबाट मनोरञ्जन समेत प्रदान गरिएको थियो भने अतिथिहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । कार्यक्रम अनुशा नेपाल र आविश्कार पराजुलीको सञ्चालनमा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा (टियुआरएफ) २०२२ समेत सम्पन्न भएको छ । रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ आयोजना तथा रोट्रयाक्ट डिष्ट्रिक्ट ३०५३ को सह-आयोजनामा उक्त टियुआरएफ कार्यक्रम सम्पन्न भएको हो ।
(टियुआरएफ) मा साउथ इष्ट एसियाका सबै क्लवहरुलाई सेरिक एमडिआइओ अवार्ड प्रदान गरिएको थियो । उक्त टियुआरएफ अवार्ड सेरिक एमडिआइओका अध्यक्ष कौशल साहुले प्रदान गरेका थिए । टियुआरएफमा भारत र पाकिस्तानबाट गरि कूल ३० जना रोट्रयाक्टरहरुको सहभागिता रहेको थियो । नेपालमा १ सय ७५ वटा रोट्र्याक्ट क्लवहरु रहेका छन ।


