• शनिबार, भाद्र २७ २०८३

स्वदेश फर्किंदै नेपाली क्रिकेट टोली


मंगलबार, साउन ३ २०७९
915
Shares

This image has an empty alt attribute; its file name is shrestha-glass-house-2.gif

नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किंदै छ । स्कटटल्यान्डमा आयोजना भएको आईसीसी पुरुष विश्वकप लिग– २ अन्तर्गतका खेलहरू खेलिसकेर टोली स्वदेश फर्किन लागेको हो ।

This image has an empty alt attribute; its file name is Namaste-Mobile.gif

स्कटल्यान्ड भ्रमणमा नेपालले आयोजक स्कटल्यान्डसहित नामिबियासँग प्रतिस्पर्धा गरेको थियो । चार खेलमा नेपालले एकमा मात्र जित निकाल्न सक्यो ।

प्रतियोगितामा नेपाल पहिलो खेलमा नामिबियासँग पराजित भएको थियो । दोस्रो खेलमा स्कटल्यान्डलाई हराएको थियो । तेस्रो खेलमा नमिबियासँगै हार पराजित भएको थियो । चौथो तथा अन्तिम खेलमा नेपालले स्कटल्यान्डसँग लज्जास्पद हार व्यहोरेको थियो ।

सात टोली सहभागी विश्वकप लिग–२ को अंकतालिकामा नेपाल २० खेलबाट १७ अंकसहित छैटौँ स्थानमा छ । नेपालले आठमा जित, ११ मा हार र एक खेलमा बराबरी गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार