
गोरखा। गोरखा जिल्लामा लामो समयपछि पुनः एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पालुङटार नगरपालिकाकी २१ बर्षिया महिलामा कोरोना संक्रमण पुष्टी भएको हो ।

आईतवार गोरखा अस्पतालमा उपचार गराउन आएकी ति महिलाको एन्टिजेन परिक्षण जाँच गर्दा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।
स्क्रब टाईफस भएर ति महिला उपचार को लागि आएको र सोमबार एन्टिजेन परिक्षण गर्दा पोजेटिभ देखिएको गोरखा अस्पतालमा सूचना अधिकारी कृष्ण ढकालले बताए । ति महिलालाई स्क्रब टाईफस पनी देखिएको ढकालले बताए ।
संक्रमित महिलाकाे स्वास्थ्य अवस्था समान्य रहेको अस्पतालले जानकारी दिएको छ । कोरोना संक्रमण घटेपनि जोखिम कायम रहेकाले सचेत रहन, मास्क अनिवार्य प्रयोग गर्न, साबुन पानीले र नियमित हात धुन र स्वस्थ बानी व्यवाहार अपनाउन चिकित्सकले सर्वसाधारणलाई अनुरोध गरेका छन् ।


