• शनिबार, साउन ३० २०८३

लकडाउनमा कडाइ : एउटा पालिकाबाट अर्काेमा पनि जान प्रतिबन्ध


शनिबार, चैत्र २२ २०७६
1000
Shares

कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि सरकारले लकडाउनलाई थप कडा बनाएको छ।

शनिबार साँझ सम्पन्न मन्त्रिपरिषद् बैठकले अब एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको हो।

सरकारका प्रवक्ता डा. युवराज खतिवडाले लकडाउनको समय बढाउने वा नबढाउने निर्णय भने अहिले भइनसकेको जानकारी दिए। अब अर्काे बैठकमा यसबारे निर्णय हुने उनले बताए। 

पहिलाे चरणमा चैत ११ देखि १८ गते बिहान ६ बजेसम्मका लागि लकडाउन घाेषणा गरेकाे सरकारले काेराेना महामारीकाे खतरा बढ्दै गएपछि यसअघि नै चैत २५ गतेसम्मका लागि लकडाउन लम्ब्याइसकेकाे छ। 

शनिबार एकैपटक तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार