• आइतबार, भाद्र २१ २०८३

देशभर थपिए ४५७ कोरोना संक्रमित, १७७६ सक्रिय


सोमबार, साउन २ २०७९
880
Shares

पछिल्लो २४ घन्टामा देशभर थप ४५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ४५७ जनामा संक्रमण पुष्टि भएको हो।चार हजार ६५१ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। 

दुई हजार ३४१ जनाको पिसिआर र दुई हजार ३१० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर एक हजार ७७६ जना सक्रिय संक्रमित छन्।

४८ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार