• शनिबार, भाद्र २७ २०८३

कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ८१ पैसा पुग्यो, बिक्रीमा ३४ रुपैयाँ ९७ पैसा पाइने


सोमबार, साउन २ २०७९
995
Shares

नेपाल राष्ट्र बैंकले सोमबारको विनिमय दर सार्वजनिक गरेको छ। सोमबार अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२८ रुपैयाँ ११ पैसा कायम गरिएको छ।

युरोपियन युरो एकको खरिदमा भने १२८ रुपैयाँ ६४ पैसा र बिक्रीमा १२९ रुपैयाँ २५ पैसा पाइन्छ।त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रुपैयाँ ६३ पैसा र बिक्रीमा ८७ रुपैयाँ ४ पैसा तोकिएको छ।

क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ८४ पैसा र बिक्रीमा ९८ रुपैयाँ ३० पैसा पाइन्छ। आज कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ८१ पैसा र बिक्रीमा ३४ रुपैयाँ ९७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३४ रुपैयाँ १२ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ ७१ पैसा र बिक्रीमा ३४ रुपैयाँ ८८ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार २८ रुपैयाँ ६६ पैसा र बिक्रीमा २८ रुपैयाँ ८० पैसा पाइन्छ।

सोमबार कुवेती दिनार एकको खरिदमा ४१४ रुपैयाँ ४० पैसा र बिक्रीमा ४१६ रुपैयाँ ३५ पैसा पाइन्छ। कुवेती दिनारको यो हालसम्मकै उच्च विनिमय दर हो। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३३८ रुपैयाँ २५ पैसा र बिक्रीदर ३३९ रुपैयाँ ८४ पैसा तोकिएको छ।
 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार