• शनिबार, भाद्र २७ २०८३

चलचित्र विकास बोर्डको अध्यक्षका लागि १० उम्मेदवारको नाम सार्वजनिक, को को परे ?


सोमबार, साउन २ २०७९
1.6K
Shares

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलिचत्र विकास बोर्डको अध्यक्ष पदका लागि १० जनाको नाम सार्वजनिक गरेको छ। 

मन्त्रालयले सोमबार सूचना जारी गर्दै उम्मेदवारहरुको दरखास्त स्वीकृत गरिएको समेत जानकारी दिएको छ।

मन्त्रालयका अनुसार बोर्डको अध्यक्ष पदका लागि सुनसरीका अरुणकुमार प्रधान, काठमाडौं- ३२ का दिपक श्रेष्ठ,ललितपुर १ का नरेश कुमार पौडेल ,काठमाडौं ७ का निर्मल राज ढकाल, काठमाडौं ९ का भुवन केसी, काठमाडौं २६ का मनिष पण्डित, काठमाडौं १३ की सम्झना उप्रेती रौनियार, इलाम ७ का सुचित्र श्रेष्ठ, काठमाडौं ३२ का सुशील कुमार पोखरेल र काठमाडौं १० की सुष्मा कार्कीको उम्मेदवारी परेको छ।

छनौट भएका उम्मेदवारहरुको व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तरवार्ताको मिति, समय र स्थानपछि तोकिने सूचनामा उल्लेख छ।

चलचित्र विकास बोर्ड अध्यक्षका लागि गत असार ५ गते दरखास्त आह्वान गरिएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार