• आइतबार, साउन १० २०८३

लकडाउन सहायता : साधना लघुवित्तले दियो गोरखाका ८ स्थानीय तहलाई ४ लाख


शनिबार, चैत्र २२ २०७६
1.1K
Shares

गोरखा : साधना लघुवित्त वित्तिय संस्थाले गोरखाका ८ स्थानीय तहलाई आर्थिक सहयोग गरेको छ ।

कोभिड १९ को सम्भावित जोखिम न्यूनिकरणका लागि भन्दै संस्थाले जिल्लका दुई नगरपालिका सहित ६ गाउँपालिकालाई ५० हजारका दरले आर्थिक सहयोग गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले बताए ।

लकडाउनका कारण दैनिक उपभोग्य बस्तुको जोहो गर्न समेत धौ धौ परेको नागरिक तथा क्वारेन्टाइनमा रहेका ब्यक्तिहरुको उचित ब्यवस्थापनमा सहयोग पु¥याउने उदेश्यले आर्थिक सहायता गरिएको न्यौपानेको भनाई छ ।

संस्थाले गोरखा नगरपालिका, पालुङटार नगरपालिका, भिमसेन थापा गाउँपालिका, शहिदलखन गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका, अजिरकोट गाउँपालिका, सिरानचोक गाउँपालिका र धार्चे गाउँपालिका गरी ८ वटा स्थानीत तहलाई ५० हजारका दरले सहयोग गरेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार