• शनिबार, भाद्र २७ २०८३

आज साउनको पहिलो सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड


सोमबार, साउन २ २०७९
875
Shares

साउनको पहिलो सोमबार (आज) देशभरका शिवालयमा भक्तजनहरूको भीड लागेको छ।

आज बिहानैदेखि देशभरका शिव मन्दिरमा भक्तालु जनहरुको पूजा, अर्चनाका लागि भीड लागेको हो।

काठमाडौंको पशुपतिनाथको मन्दिरमा पनि भक्तजनहरूको उल्लेख्य भीड रहेको छ।

साउन महिना विशेष गरेर आशुतोष भगवान (महादेव) को प्रिय महिना भएकोले साउनको सोमबार विशेष पूजा आराधना गर्ने गरिन्छ ।

सोमबारका दिन पूजा आराधना र अर्चना गर्नाले मनोबाञ्छित कामना सिद्ध हुने विश्वास रही आएको छ। यो वर्ष साउनमा ५ वटा सोमबार परेका छन्।

पार्वतीले साउन महिनाभर निराहार रही कठोर व्रत बसेर भगवान् शिवलाई प्राप्त गरेको शास्त्रमा वर्णित भएकोले महिलाहरूले यसलाई बढी महत्व दिन्छन्।

महिनाको अरू दिन नसके पनि सोमवार व्रत बसी शिवलाई शुद्ध जल चढाएर खुशी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ।

साउने सोमबारका दिन भगवान शिवको विशेष पूजा आराधना गर्ने परम्परा छ।

साउनको महिना व्रत बसी शिवको पूजा गरे आफू, श्रीमान, सन्तान एवं परिवार सबैको कल्याण हुने धार्मिक विश्वास छ।

आज काठमाडौं उपत्यकाका प्रमुख शिवालय, पशुपति नाथ, किराँतेश्वर, गोकर्णेश्वर, सन्तानेश्वर लगायतका शिव मन्दिरहरूमा दिनभर नै भक्तजनको भीड लाग्ने गर्छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार