• शनिबार, भाद्र २७ २०८३

गोरखामा बोलेरोले मोटरसाइकललाई ठक्कर दिदा १ जनाको मृत्यु


सोमबार, साउन २ २०७९
1.5K
Shares

गोरखा । गोरखाको अजिरकोट गाउँपालिका वडा नम्बर ३ स्थित सडकमा बोलेरो र मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

भच्चेकबाट गोरखा तर्फ आउँदै गरेको बा ०३ प ४८१५ नम्बरको मोटरसाईकललाई छोप्राकबाट भच्चेक जाँदै गरेको ग १ ज ४८८६ नम्बरको बोलेरो जिपले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा अजिरकोट गाउँपालिका वडा नम्बर २ वलाङ कि २३ वर्षिय मेलिना गुरुङ को
रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए ।

दुर्घटनामा मोटरसाइकल चालक २२ वर्षीय सुजन सुनार घाइते भएको प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा घाइतेको भच्चेक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । बोलेरो जिप र चालक प्रहरी नियन्त्रणमा रहेको डिएसपी लामिछानेले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार