• शनिबार, साउन ९ २०८३

नेपालमा कोरोनाका थप तीन संक्रमित भेटिए, संख्या ९ पुग्याे


शनिबार, चैत्र २२ २०७६
1.1K
Shares

नेपालमा कोरोना भाइरस (कोभिड १९)का थप नयाँ तीन संक्रमित फेला परेका छन्।

भारतको विभिन्न स्थानबाट आएका कैलाली र कञ्चनपुरका दुई पुरुष र एक महिलामा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

नयाँ भेटिएका संक्रमितहरुमा मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीको ३४ वर्षीय महिला रहेको मन्त्रालयले जनाएको छ।

संक्रमित महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त भएको बताइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार