
गोरखा । आजदेखि गोरखा नगरपालिकाको सबै वडामा कोभिड बिरुद्धको खोप लगाईने भएको छ ।

सोमवार र मंगलवार नगरपालिकाको सबै वडाको स्वास्थ्य केन्द्रमा कोभिड खोप लगाउन सुरु गरिने गोरखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले बताए ।
नगरपालिकाको स्वास्थ्य शाखाले खोप लगाउन बाँकी भएका सर्वसाधारणलाई नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ ।
कुनैपनि डोज खोप नलगाएका, पहिलो डोज मात्रै लगाएका, बुस्टर डोज लगाउन बाँकी भएका सबैले स्वास्थ्य संस्थामा खोप लगाउन सक्ने उनल बताए ।
बुस्टर डोज लगाउन बाँकी भएकाहरुले खोप कार्ड साथमै लिएर आउन स्वास्थ्य संस्थाले भनेको छ ।


