
गोरखा । पानीको समस्या र रासयनिक मलको अभावका बाबजुत पनि गोरखामा ८० प्रतिशत धान रोपाईं सकिएको छ ।
१२ हजार १ सय हेक्टर धान रोप्ने लक्ष्य राखिएको गोरखामा असार महिना सकिदा सम्म ८० प्रतिशत धान रोपाइँ सकिएको हो । मलको अभाव र पानीको समस्याले किसानहरुले दुःख भोगेको कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख परशुराम अधिकारीले बताए ।

गतवर्ष गोरखामा ४७ हजार आठ सय ८० मेटिूक टन धान उत्पादन भएको थियो । अहिले धान रोप्ने सिजनमा मल र सिँचाइ अभाव भएकाले उत्पादन घट्न सक्ने कृषि प्राविधिकहरु बताउछन् । पालुङटार ९ को सिर्दिफाँट, शेराफाँट लगायतका ठुला फाँटमा बाढीले खेत र रोप्नेबेला भएको बिउ सोत्तर भएपछि किसानले यो वर्ष खेत रोपेका छैनन् ।
अहिले गोरखामा मागभन्दा ५० प्रतिशत कम मल आयात भएको कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख अधिकारीको भनाई छ । कृषि ज्ञान केन्द्रमा हरेक दिन किसानले मल नपाएको गुनासो गर्छन, तर गोरखामा खेती हुने जमिन भने खासै बढेको छैन ।
अहिले यहाँका किसानले सावित्री, मन्सुली, मकवानपुर १, हर्दिनाथ जस्ता उन्नत जात र हाईब्रिडमा च्याम्पियन महाराजा, युएस ३१२ नामको धान रोपेका छन् । गोरखामा खेती हुने जमिन भने खासै बढेको छैन ।
अहिले यहाँका किसानले सावित्री, मन्सुली, मकवानपुर १, हर्दिनाथ जस्ता उन्नत जात र हाईब्रिडमा च्याम्पियन महाराजा, युएस ३१२ नामको धान रोपेका छन् । दरौँदी फाँट, ज्यादुलफाँट, टारिफाँट, दर्बुङफाँट, बोर्लाङफाँट लगायतका ठाउँमा धान उत्पादन धेरै हुने गर्छ ।


