• सोमबार, भाद्र १ २०८३

देशभर थपिए १३५ कोरोना संक्रमित, एकको मृत्यु


आइतबार, साउन १ २०७९
920
Shares

पछिल्लो २४ घन्टामा देशभर थप १३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १३५ जनामा संक्रमण पुष्टि भएको हो।

तीन हजार ४१ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। 

एक हजार ४७३ जनाको पिसिआर र एक हजार ५६८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर एक हजार १४३९ जना सक्रिय संक्रमित छन्।

५९ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार