
गोरखा। शनिबार रातीदेखि तालमा फँसेका दिनेश परियारलाई आइतबार विहान उद्धार गरिएको छ ।
गोरखा नगरपालिका १० छेपेटारस्थित ठुटे बजारमा रहेको रहमा फँसेको गोरखा नगरपालिका ९ का परियारको उद्धार गरिएको हो ।

उनी ९ बजेतिर बाटो हिँड्दै गर्दा लडेर तालमा खसेका थिए । उनको खुट्टा तारजालीमै अड्किएपछि रातभरि तालमै फँसेका गोनपा का १० वडाअध्यक्ष प्रदीप कुँवरले बताए ।
विहान स्थानीयहरु देखेर प्रहरीलाई खबर गरेका थिए । वडाअध्यक्ष प्रदीप कुँवरको नेतृत्वमा स्थानीय र १२ किलो प्रहरी चौकीबाट खटिएका प्रहरीको सहयोगमा युवाको उद्धार गरिएको हो ।
जेसिबीको प्रयोग गरी दुई घण्टा लगातारको प्रयासपछि युवाको उद्धार गरिएको उनले बताए । अहिले उनको पृथ्वीनारायण सामुदायिक अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सबै ठिक रहेको अध्यक्ष कुँवरले जानकारी दिए ।
युवाको मानसिक रुपमा कमजोर देखिको र परिवारलाई खबर गरिसकेको बताउदै अव छिट्टै परिवारलाई जिम्मा लगाइदिने तयारीमा रहेको वडाअध्यक्ष कुँवरले बताए ।



