• शनिबार, साउन ९ २०८३

गोरखा उद्योग बाणिज्य संघले दियो बिभिन्न निकायलाई १ हजार मास्क


शनिबार, चैत्र २२ २०७६
1.1K
Shares

गोरखा । गोरखा उद्योग बाणिज्य संघले जिल्लाका बिभिन्न निकायलाई मास्क सहयोग गरेको छ ।

कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै सावधानी अपनाउनका लागिल संघले एक हजार मास्क सहयोग गरेको हो ।

संघले जिल्ला प्रशासन कार्यालय गोरखा मार्फत सरकारी कर्मचारी, नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरीलाई ६ सय थान मास्क हस्तान्तरण गरेको अध्यक्ष जीवनज्योती श्रेष्ठले जानकारी दिए ।

त्यस्तै संघले भीमसेन थापा गाउँपालिकालाई १ सय थान, नेपाल पत्रकार महासंघ गोरखालाई १ सय थान, जिल्लामा सञ्चालनमा रहेको एम्बुलेन्स सञ्चालक संघलाई एक सय थान र संघमा आवद्ध १ सय ब्यवसायीलाई एक/एक थान मास्क सहयोग गरेको अध्यक्ष श्रेष्ठले बताए ।

कोरोना भाइरस र यसबाट उत्पन्न परिस्थितीलाई मध्यनजर गर्दै ब्यवसायीको हितका लागि संघले हेल्प डेक्स समेत सञ्चालन गरिरहेको बताएको छ ।

त्यस्तै गोरखा नगरपालिका ८ रानीजनको ओल्ड क्यापिटलमा स्थापना भएको आइसोलेशन कक्षमा संघले ९० मिटर कार्पेट समेत सहयोग गरेको अध्यक्ष श्रेष्ठले सिभिलखबरलाई जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार