• शनिबार, भाद्र २७ २०८३

आज सुनको मूल्य घट्यो, चाँदीको बढ्यो


आइतबार, साउन १ २०७९
1.1K
Shares

साताको पहिलो दिन आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ९३ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदी भने प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। 

गत शुक्रबार सुन प्रतितोला ९३ हजार आठ सय रुपैयाँ र चाँदी प्रतितोला ११ सय ४५ रुपैयाँमा कारोबार भएको थियो। यसर्थ, आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ घटेको हो भने चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेको हो। 

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ७ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार