• सोमबार, कार्तिक १० २०८३

आज कहाँ–कहाँ पर्ला पानी ?


आइतबार, साउन १ २०७९
930
Shares

हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ।

देशभरको मौसम बदली रही आज आइतबार केही स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले प्रदेश १ लगातयत अन्य प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ।

प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेश भू-भागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आइतबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी क्षेत्रका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, राती देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरुमा र अन्य प्रदेशका एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार