• शनिबार, भाद्र २७ २०८३

सामाजिक बिकास कार्यालय गोरखाको ७० प्रतिशत प्रगती


शनिबार, असार ३२ २०७९
910
Shares

गाेरखा । सामाजिक बिकास कार्यालय गोरखाको आर्थिक बर्ष २०७८/७९ मा ७० प्रतिशत प्रगति भएको छ ।

शुक्रबार सामाजिक बिकास कार्यालय गोरखाको आयोजनामा भएको कार्यक्रममा कार्यालय प्रमुख दिपेन्द्र परियारले चालु बर्षको प्रगति बिबरण पेश गरेका हुन ।

कार्यक्रममा कार्यालय प्रमुख परियारले पुजिगत तर्फ ८२ .३३ प्रतिशत, चालु ४७.०५ प्रतिशत छ भने हाल सम्म जम्मा ७०.६० प्रतिशत प्रगती हासिल गरेको बताएका छन् ।

उक्त कार्यालयले चालु बर्षमा ३६ वटा योजना संचालन हुन नसकेको कार्यालय प्रमुख परियारले बताए । तीन करोड ६७ लाख बजेट मध्य ९५ प्रतिशत दुई करोड ९८ लाख मात्र खर्च भएको छ । कार्यालयले संचालन गरेको सबै योजना उपभोक्ता समितिबाट निर्माण भएको छ ।

विद्यालय शिक्षाको विद्यालय तथा उच्च शिक्षाको शैक्षिक तथ्याङ्क, परीक्षा तथा अनुसन्धान सम्बन्धी कार्यहरू, विशेष शिक्षा, समाहित शिक्षा, प्राविधिक शिक्षा तथा अनौपचारिक र निरन्तर शिक्षा सम्बन्धी कार्यहरू गदै आएको कार्यालय प्रमुख परियारले बताए ।

लैङ्गिक हिंसा, मानव बेचविखन तथा ‌ओसारपसार, जातीय भेदभाव, सामाजिक कुरिती लगायतका परम्परागत हानिकारक अभ्यास बिरुद्दको सचेतीकरण तथा अन्य कार्यक्रम कार्यान्वयन गदै आएको परियारले बताए ।

लोपोन्मुख, सीमान्तकृत, गरिव लक्षित कार्यक्रमहरुको कार्यन्वयन,श्रमिक एवम् श्रमिकको सामाजिक सुरक्षा, श्रमशक्ति, श्रम बजारबीचको समन्वय र सहजीकरण गदै आएको कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख दिपेन्द्र परियारको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख मोहन बहादुर थापा मगरको प्रमख अतिथ्यतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शंकर हरि आचार्य सामाजिक संघ सस्था, अपाङ्गताको क्षत्रका काम गर्ने अगुवा शिक्षक लगाएतले मन्तब्य राखेका थिए । उक्त कार्यक्रमको सहजिकरण सामाजिक बिकास कार्यालयका अधिकृत कमल कंडेलले गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार